वीरगञ्ज : अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ। चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलमा आवद्ध व्यक्तिहरुले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका छन् ।
प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीका माग पूरा गर, डाक्टर केसीको अनसन माफियालाई टेनसन, लुटतन्त्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका हुन् ।
 वीरगञ्ज  अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै वीरगञ्जमा प्रदर्शन गरिएको छ । चिकित्सक, अधिकारकर्मी, विभिन्न सामाजिक संघ संस्था र राजनीतिक दलमा आवद्ध व्यक्तिहरुले वीरगञ्जको घण्टाघरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले डाक्टर केसीका माग पूरा गर, डाक्टर केसीको अनसन माफियालाई टेनसन, लुटतन्त्र बन्द गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागी वीरगञ्जकी ज्योति साहले डाक्टर केसीले सम्पूर्ण नेपालीको स्वास्थ्यका लागि आफ्नो स्वास्थ्य दाउमा राखेकाले सरकारलाई दबाव दिन प्रदर्शनमा सहभागी भएको बताइन् । ‘म बाल अधिकारको पक्षमा लागेको मान्छे, आज डाक्टर गोविन्द केसी जस्तो मान्छेको त कुरा सरकारले सुनिरहेको छैन,’ उनले भनिन्, ‘हामी बालबालिकाको कुरा कसले सुन्ला र ? अधिकारका लागि लड्नुपर्छ भनेर पहिलो पाइला डाक्टर केसीको समर्थनमा चालेकी छु ।’
जसपाका युवा नेता ओम प्रकाश सर्राफले डाक्टर केसीको जायज माग पूरा गर्न सरकारलाई दबाव दिने उद्देश्यले प्रदर्शन गरिएको बताउनुभयो । ‘आम गरिब जनताका छोराछोरी पनि डाक्टर बन्न सकुन्, उपत्यका बाहिर पनि सरकारी मेडिकल कलेज खुलोस् भनेर डाक्टर केसी अनसनमा बसेका हुन् । तर सरकारले सुनिरहेको छैन, यसले सरकार मेडिकल माफियाको कब्जामा रहेको प्रष्ट हुन्छ ।’
नेपाल चिकित्सक संघ नारायणीका सचिव डाक्टर उदय नारायण सिंहले एउटा सत्याग्रही मानिस १९ औं पटक अनसनमा बस्नुपर्ने अवस्था आउनु दुःखद भएको बताए । ‘कुनै व्यक्तिगत स्वार्थ छैन । आम नागरिकको लागि लड्दै हुनुहुन्छ, सहज स्वास्थ्य सेवा प्राप्ती होस्, चिकित्सा शिक्षामा सबैको पहुँच होस् भनेर अनसनरत हुनुहुन्छ,’ डाक्टर सिंहले भने, ‘ती कुरा पूरा गर्ने दायित्व लोकतान्त्रिक सरकारको पनि हो, तर सरकार र आम नागरिक दुवै सुतेका छन्, खबरदारी मार्फत जगाउने प्रयास गरेका हौं ।’
 

Your Views
Related News