सुर्खेत : जाजरकोटको जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको छ । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका-१ औल भीरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुई जना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख, डीएसपी किशोर श्रेष्ठले जानकारी दिए ।
मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका-११ का अध्यक्ष अमरबहादुर शाही, सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही रहेको डीएसपी श्रेष्ठले जानकारी दिए ।
बेपत्ता भएका अन्य दुईजनाको खोजी भइरहेको उनले बताए ।
 

Your Views
Related News