काठमाडौं : पछिल्लो २४ घण्टामा ४ हजार ३६४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

थपिएका संक्रमितमध्ये २५४० काठमाडौं उपत्यकाका छन् ।

यससँगै कुल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ ।

उनीहरुमध्ये ५९० जनाको मृत्यु भएको छ भने ७१ हजार ३४३ जना संक्रमणमुक्त भएका छन् ।

 

Your Views
Related News