काठमाडौं : पछिल्लो २४ घण्टामा ५००८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको हो ।

देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा एकैदिनमा भेटिएको सबैभन्दा धेरै संक्रमित संख्या छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ५ हजार ६८४ पुगेको हो । उनीहरुमध्ये ६१४ जनाको मृत्यु भएको छ भने ७४ हजार २५२ जन संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १२२९ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

हालदेशभर ३० हजार ८१८ संक्रिय संक्रमित हुन् ।

 

Your Views
Related News