नेयमारको ह्याट्रिक

मोन्टेभिडियो : दक्षिण अमेरिकी विश्वकप छनोटमा अर्जेन्टिना र ब्राजिलले उत्कृष्ट पुनरागमनमा मंगलबार जित निकालेका हुन् । अर्जेन्टिनाले बोलिभियालाई २–१ ले हरायो भने ब्राजिलले पेरुमाथि ४–२ को जित दर्ता गर्‍यो ।

त्यसमा नेमायरले ह्याट्रिक गरे । बोलिभियाले मार्सेलो मोरेनोको गोलले अग्रता लिएयता लउटारा मार्टिनेजले बराबरी गोल फर्काए । खेल सकिन ११ मिनेट अगाडि ज्याक्विन कोरेआले निर्णायक गोल गरे ।

ब्राजिल भने पेरुसँग दुई पल्ट पछाडि परेको थियो । पेरुले सुरुमा आन्द्रे करिलोले गोल गरेपछि नेयमारले पेनाल्टीबाट बराबरी गोल फर्काए । रेनाटो टपाआले पेरुलाई दोस्रो पल्ट अग्रता लिग्यो। त्यसपछि ब्राजिलका तर्फबाट रिचार्लिसन एक र नेयमारले दुई गोल गर्न सफल भए ।

नेयमारको दोस्रो गोल पनि पेनाल्टीबाट नै सम्भव भएको थियो भने अन्तिम गोल इन्जयुरी समयमा निस्केको थियो । दिनका अन्य खेलमा इक्वेडरले उरुग्वेलाई ४–२ र पाराग्वेले भेनेजुएलालाई १–० ले पराजित गरेको हो।

दक्षिण अमेरिकी समूहमा रहेका १० टिममध्ये शीर्ष ४ टोली कतार विश्वकप-२०२२ मा सोझै छनोट हुनेछन् भने पाँचौं स्थानमा रहने टिमले अन्तरक्षेत्रीय प्लेअफ खेल्नुपर्नेछ ।

 

Your Views
Related News