काठमाडौं : कोरोना भाइरस संक्रमितले उपचार खर्च आफै ब्यहोर्नु पर्ने सरकारको निर्णयको साझा पार्टीले भत्र्सना गरेको हो ।
पार्टीका प्रवक्त शरदराज पाठकले सोमबार विज्ञप्ति जारी गर्दै सरकारले नै नागरिकलाई ‘पैसा भए बाँच, नभए मर’ भन्नु क्रूरता भएको बताएका छन् । ‘महाव्याधिका बेला जनतालाई, अप्रत्यक्षरूपमा, पैसा भए बाँच नभए मर भन्नु क्रूरता हो,’ विज्ञप्तिमा भनिएको हो।
सरकारी निर्णय संविधानको मौलिक हकको व्यवस्था र सर्वोच्च अदालतको हालैको परमादेशको समेत विरुद्ध भएकोले यो निर्णय तत्काल सच्याउन साझाले आग्रह समेत गरेको हो ।
साझाले महामारीकै बीचमा सांसदलाई अरबौँ रकम बाँड्ने सरकारले ‘हामी आम नागरिकको उपचार गर्न सक्दैनौं’ भन्नु राष्ट्रिय लज्जाको विषय भएको बताएको हो ।
सरकारले आइतबारदेखि नै लागू हुने गरी कोरोना परीक्षण र उपचार नागरिक आफैंले गर्नुपर्ने निर्णय गरेको हो। उक्त निर्णय अस्पतालहरुले लागूसमेत गरिसकेका हुन् ।
 

Your Views
Related News