काठमाडौं : विश्वभर कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या चार करोड नाघेको हो । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर चार करोड ६३ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको हो ।

अमेरिकामा सबैभन्दा धेरै ८१ लाखभन्दा धेरै संक्रमित फेला परेका छन् भने भारतमा संक्रमितको संख्या ७५ लाख नाघेको हो । त्यस्तै ब्राजिलमा ५२ लाखभन्दा धेरै मानिसहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । रुसमा पनि कोरोना संक्रमितको संख्या १४ लाख नाघेको हो ।

त्यस्तै अहिलेसम्म विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या पनि ११ लाख १३ हजार ९०९ पुगेको हो । अमेरिकामा सबैभन्दा बढी दुई लाख १९ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भएको छ भने ब्राजिलमा एक लाख ५३ हजारभन्दा बढीको मृत्यु भएको हो । भारतमा पनि एक लाख १४ हजारभन्दा बढीको कोरोनाबाट मृत्यु भएको हो। त्यस्तै मेक्सिकोमा ८६ हजारभन्दा धेरैको कोरोनाबाट मृत्यु भइसकेको हो । विश्वभर दुई कारोड ७५ लाखभन्दा धेरै संक्रमित निको भइसकेका हुन् ।

 

Your Views
Related News