• काठमाडौं : यूरोपको स्पेनमा मुख्यालय रहेको अन्तराष्ट्रिय पर्यटन संस्था स्कल इन्टरनेशनलले नेपाल पर्यटन बोर्डलाई सन् २०२० को प्रेसिडेन्ट अवार्ड प्रदान गर्ने निर्णय गरेको हो ।

कर्पोरेट विधा अन्तर्गत यो सम्मान वर्षकै गन्तव्यका रुपमा नेपाललाई घोषणा गरी बोर्डलाई दिन लागिएको बोर्डले जनाएको हो ।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले वर्तमान परिस्थितिमा नेपाल प्रवर्द्धन गर्ने अभियानलाई यस सम्मानले अझ उर्जा थपेको बताउनुभयो ।

सम्मान सार्वजनिक निजी साझेदारी अवधारणा अन्तर्गत स्थापित बोर्डले अघि बढाइरहेको अभियान र निजी क्षेत्रको सक्रियता र निरन्तर उत्प्रेरणाबाट सम्भव भएको समेत उनले बताउनुभयो ।

वार्षिक रुपमा प्रदान गरिने यो विशेष सम्मान १९८३ बाट प्रदान गरिँदै आएको छ । पर्यटन क्षेत्रमा संस्थागत रुपमा अभियान मार्फत सकारात्मक उर्जा निर्माण गर्न सघाउने संस्थालाई यो सम्मान प्रदान गरिन्छ ।

 

Your Views
Related News