नेपालमा विगत २४ घण्टामा २,८५६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा कोभिड-१९ कारण पाँच जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले आफ्नो वेबसाइटमा राखेको छ।

योसँगै नेपालमा कोभिड-१९का कारण मृत्यु हुनेको कुल सङ्ख्या ८४७ पुगेको छ।

योसँगै नेपालमा कुल १ लाख ५८ हजार ८९ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो अवधिमा १२,३११ वटा पीसीआर परीक्षण भएको थियो।

त्यसै गरी यो अवधिमा ३,३३६ जना निको भएका छन्। निको हुने प्रतिशत ७०.६ छ।

आइतवार पुष्टि भएका सङ्क्रमितमध्ये बाग्मती प्रदेशमा १,८४९ जना र प्रदेश १ का ५३९ जना रहेको मन्त्रालयले जनाएको छ।

अरू तथ्याङ्क के छ?

नेपालमा अहिले ४५,५७२ जनामा सक्रिय सङ्क्रमण छ।

त्यस्तै एक लाख ११ हजार ६७० मानिसहरू सङ्क्रमण मुक्त भइसकेका छन्।

स्वास्थ्य मन्त्रालयको वेबसाइट अनुसार नेपालमा हालसम्म १३ लाख ९३ हजार एक सय ७३ पीसीआर परीक्षण गरिएको छ।

हाल देशभर गरी ४५,५७२ जना आइसोलेशनमा छन् भने ३,०६४ जना क्वारन्टीनमा रहेका छन्।

प्रादेशिक हिसाबले बाग्मती प्रदेशमा सबभन्दा ठूलो सङ्ख्यामा मानिसहरू सङ्क्रमित छन्। बाग्मती प्रदेशमा अहिले २७,७११ जनामा सक्रिय सङ्क्रमण छ।

बाग्मतीमा काठमाण्डू, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र काभ्रे जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

त्यस्तै झापा, मोरङ, सुनसरी, कास्की, नवलपरासी पूर्व, दाङ, रुपन्देही, बाँके, सुर्खेत र कैलाली जिल्लामा पनि ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन्।

कुल सङ्क्रमितमध्ये २७७ जना सघन उपाचार कक्षमा र ६६ जना भेन्टिलेटरमा रहेका छन्।

 

Your Views
Related News