नेपालमा विगत २४ घण्टामा २,३६४ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा कोभिड-१९ कारण १७ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले बिहीवार सार्वजनिक विवरणमा जनाइएको हो।

नेपालमा कोरोनाभाइरसको जोखिमबारे विज्ञ भन्छन्, दशैँपछि ‘चुनौतीपूर्ण’, सरकार र नागरिकले के गर्नेदक्षिण एशियामा कोरोनाभाइरस सङ्क्रमण घटिरहँदा नेपालमा किन तीव्र गतिमा बढिरहेछ

योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुनेको कुल सङ्ख्या ९०४ पुगेको छ।

बुधवार ८,२४८ वटा पीसीआर परीक्षण हुँदा १,९५४ सङ्क्रमित थपिएका थिए।

नेपालमा कुल १ लाख ६४ हजार ७१८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

थपिएका ६८ प्रतिसत सङ्क्रमित काठमाण्डू उपत्यकाका

यो अवधिमा ९,७६९ वटा पीसीआर परीक्षण भएको थियो।

हाल देशभरिका आइसोलेशनमा ३८ हजार ९५२ सक्रिय सङ्क्रमितहरू रहेको बताइएको छ।

तीमध्ये काठमाण्डू उपत्यकामा मात्र १६,५२१ जना सक्रिय सङ्क्रमित छन्।

यस अवधिमा काठमाण्डूका तिनवटा जिल्लामा कुल १ हजार ६ सय १५ सङ्क्रमित थपिएका हुन्।

नेपालमा हालसम्म सङ्क्रमित भएकामध्ये सक्रिय सङ्क्रमितको हिस्सा २३.६ प्रतिशत रहेको छ।

बिहीवार नै ३,०३८ जना भाइरसमुक्त भएको मन्त्रालयको विवरण छ।

भाइरसबाट मुक्त हुने दर ७५.८ प्रतिशत रहेको छ।

 

Your Views
Related News