काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार शीर्ष नेताहरुको बैठक बोलाएका हुन् ।

२१ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न लागिएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

यो छलफललाई १७ असोजको बैठकको निरन्तरता मानिएको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल गर्न १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो ।

१९ गते केन्द्रीय कार्यसमिति बैठक थियो । तर केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको छलफल र केन्द्रीय कार्यसमिति बैठक दुवै प्रभावित भएको हो ।

 

Your Views
Related News