नेपालमा विगत २४ घण्टामा ३,५१७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा कोभिड-१९ कारण १६ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ।

योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ९२० पुगेको छ।

बिहीवार ९,७६९ वटा पीसीआर परीक्षण हुँदा २,३६४ सङ्क्रमित फेला परेका थिए।

अहिलेसम्म देशभरि एक लाख ६८ हजार २३५ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित

मन्त्रालयका अनुसार विगत २४ घण्टामा १४,९८९ वटा नमुनाको पीसीआर परीक्षण भएको थियो।

तीमध्ये २३.४६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो।

अहिले देशभरिका आइसोलेशनमा ३८,३५७ सक्रिय सङ्क्रमितहरू रहेको बताइएको छ।

अहिले वाग्मती प्रदेशमा २३,४४३ सक्रिय सङ्क्रमित छन्। तीमध्ये काठमाण्डू जिल्लामा १६,२४२ जना सहित उपत्यकामा १९,७५२ छन्।

शुक्रवार थपिएको सङ्ख्यामा काठमाण्डूका तीनवटा जिल्लाका मात्र १,८८८ जना छन्।

मन्त्रालयका अनुसार थप ४,०९६ सङ्क्रमित भाइरसमुक्त भएका छन्।

निको हुने सङ्क्रमितको सङ्ख्या ७६.७ प्रतिशत पुगेको छ।

 

Your Views
Related News