नेपालमा विगत २४ घण्टामा २,५०८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ९,२७९ वटा नमुनाको परीक्षण गर्दा त्यति सङ्क्रमित फेला परेका हुन्।

सो अवधिमा कोभिड-१९ कारण १७ जनाले ज्यान गुमाएको तथ्याङ्क मन्त्रालयले सार्वजनिक गरेको छ।

योसँगै नेपालमा कोभिड-१९ का कारण मृत्यु हुने सङ्क्रमितको सङ्ख्या ९३७ पुगेको छ।

शुक्रवार ३,५१७ जनामा सङ्क्रमण, आधाभन्दा बढी काठमाण्डू उपत्यकामा पुष्टि भएको थियो।

अहिलेसम्म देशभरि १,७०,७४३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भइसकेको छ।

को हुन् सङ्क्रमित?

अहिले विभिन्न जिल्लामा सङ्क्रमितहरू फेला परेका हुन्। तीमध्ये ९७६ महिला र १,५३२ पुरुष छन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्ख्यामा सङ्क्रमित भेटिने जारी छ।

मन्त्रालयका अनुसार काठमाण्डूमा १,११३ जनासहित उपत्यकामा १,३५७ जनामा कोभिड-१९ पुष्टि भएको हो।

अरू तथ्याङ्क के छ?

मन्त्रालयका अनुसार विगत २४ घण्टामा २,२६४ सङ्क्रमित कोरोनाभाइरसमुक्त प्रमाणित भएका छन्।

पुष्टि भएका सङ्क्रमितमध्ये अहिलेसम्म १,३१,२२२ जना निको भइसकेका छन्। निको हुने दर ७६.९ प्रतिशत छ।

अहिले देशभरि ३८,५८४ सङ्क्रमित घर तथा संस्थागत आइसोलेशनमा छन्।

काठमाण्डूमा १६,८९० जनासहित उपत्यकामा २०,३४४ सक्रिय सङ्क्रमित छन्। तीमध्ये १४,४७७ जना घरमै भएको मन्त्रालयले जनाएको छ।

 

Your Views
Related News