नेपालमा विगत २४ घण्टामा २८२४ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा कोभिड-१९ का कारण २३ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १३,०२३ जनाको पीसीआर परीक्षण गरिएको थियो।

शनिवार २,५०८ जनामा कोरोनाभाइरस पुष्टि भएको थियो।

शुक्रवार ३,५१७ जना सङ्क्रमित फेला परेका थिए जसमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकामा पुष्टि भएको थियो।

 

Your Views
Related News