नेपालमा विगत २४ घण्टामा २,९३३ जना कोरोनाभाइरस सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

उक्त अवधिमा कोभिड-१९ का कारण २४ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेको कूल सङ्ख्या ९८४ पुगेको बताइएको छ।

हालसम्म नेपालमा एक लाख ७६ हजार पाँच सयमा सङ्क्रमण पुष्टि भएको छ भने एक लाख ३७ हजार नौ सय ९२ जना सङ्क्रमणमुक्त भएका छन्।

विगत २४ घण्टामा ३,१५० जना सङ्क्रमणमुक्त भएका छन्।

सोमवार सक्रिय सङ्क्रमितको सङ्ख्या ३७,५२४ छ।

 

Your Views
Related News