नुवाकोट :  शिबपुरी गाउँपालिका वडा नम्बर ८ का लाले तामाङ पुर्पक्षको लागी कारागार चलान भएका छन् ।

स्थानिय तिनघरेस्थित बस्दै आएका ६४ वर्षिय पालमान तामाङलाई सुतिरहेको वेला ज्यान मार्ने उद्देश्यले बन्चरोले गर्दनमा प्रहार गरी घाईते बनाईदिएका लालेलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला अदालत नुवाकोट पेश गरेको थियो ।

लाले तामाङबिरुद्द ज्यान मार्ने उद्योग अन्र्तगत पालमानले जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गराएका थिए ।

प्रतिबादी लालेलाई जिल्ला अदालत नुवाकोटमा पेश गर्दा अदालतले उनलाई पुर्पक्षको लागी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रबक्ता हरिवहादुर ओलिले जानकारी दिनुभयो ।

 

Your Views
Related News