अमेरिका ; धेरै राज्यमा मतदान सकिएको छ र तिनमा गणना जारी छ। तर पश्चिम अमेरिकामा मतदान भइरहेको छ। यसपालि झन्डै १० करोड मतदाताले हुलाकमार्फत् अग्रिम मतदान गरेका छन्

इन्डिआना र टेनसीसहितका राज्यमा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प विजयी हुने प्रक्षेपण गरिएको छ

जो बाइडनले म्यासचूसिट्स र न्यूजर्सी राज्यमा जित्ने तर फ्लोरिडामा कडा प्रतिस्पर्धा हुने देखिएको छ

सन् १९९२ को निर्वाचनमा पदासीन राष्ट्रपति जर्ज एच डब्ल्यू बुश पराजित भएका थिए

राष्ट्रिय सर्वेक्षणहरूमा जो बाइडनले अग्रता लिएको देखिन्छ। तर कडा प्रतिस्पर्धा हुने विभिन्न ‘ब्याटलग्राउन्ड स्टेट’ को परिणामले राष्ट्रपति पदको छिनोफानो गर्नेछ

यसपालि अमेरिकी निर्वाचनमा सर्वाधिक सङ्ख्यामा मतदाताहरू सहभागी भएका छन्

मतदान सकिएपछि गरिएको एउटा सर्वेक्षणले देशभरि प्रत्येक १० मध्ये चार जनाले सरकारले कोरोनाभाइरस महामारी नियन्त्रणका लागि गरेको प्रतिकार्यप्रति असन्तुष्टि व्यक्त गरेको देखाउँछ

 

Your Views
Related News