काठमाडौं : विगत २४ घण्टामा नेपालमा ३,०५१ जनामा कोरोनाभाइरस सङ्क्रमण र १८ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा १३,०६८ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका हुन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

काठमाण्डू उपत्यकामा १,३९८ जनामा कोभिड-१९ पुष्टि भएको हो।

के भारतीयहरू अरूभन्दा बढी कोभिड प्रतिरोधी छन्

दीर्घ कोभिड हुँदा यी ‘चार भिन्न समस्या देखिन सक्छन्’

यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,८५,९०० नाघेको छ।

तीमध्ये ७९.८ प्रतिशत अर्थात् १,४८,४०८ जना निको भइसकेका छन्।

कोभिड-१९ सँग सम्बन्धित कारणले १,०५२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

विगत २४ घण्टामा ३,४३० जना निको भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि ३६,५१४ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये आधाभन्दा बढी काठमाण्डू उपत्यकामा छन्।

बुधवार ३,३०९ सङ्क्रमित फेला परेका र ३० जनाको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको थियो।

 

Your Views
Related News