काठमाडौ  : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनयता आफ्ना निकटका नेता तथा कार्यकर्तासँग छलफल गर्ने क्रमलाई तीव्र बनाएका हुन्।

भौतिक रूपमा भेटघाट गर्न नसकिएको अवस्थामा प्रविधिको प्रयोग गरेर भए पनि उनी अहिले आफू पक्षधर नेता र कार्यकर्तालाई पार्टीभित्र देखिएको अवस्थाका बारेमा अवगत गराउँदै आएको जानकारी केही नेताहरूले दिएका हुन्। बुधवार उनले प्रदेश नं १ का विश्वासपात्र नेताहरूसँग जूम भेला गरेको चर्चाले अहिले नेकपावृत्तमा तरङ्ग उत्पन्न भएको हो।

लामो समयदेखि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको मतभेदका कारण पार्टीभित्र “जटिल परिस्थिति सिर्जना भएको” प्रधानमन्त्री ओलीले निकटस्थ नेताहरू बताउने गरेका हुन्।

पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले चर्चामा आए जस्तो प्रधानमन्त्री ओलीले आफू निकटका कार्यकर्तालाई ‘जूम’ बैठकमा बोलाएर एकपक्षीय धारणा राखेको हो भने त्यो पार्टी हितविपरीत भएको टिप्पणी गरेका हुन्।

जूम भेलामा ओलीले के भने?

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले बुधवार जूम बैठकमा प्रदेश नं १ का आफू निकटस्थ नेता तथा कार्यकर्तासँग कुरा गरेको नेकपाका प्रदेश नं १ का नेता तथा कार्यकर्ताहरूले पुष्टि गरेका हुन्।

नेकपा नेताकै दृष्टिकोणमा किचलोका दुई मुख्य कारण के हुन्नेकपाका दुई अध्यक्षबीच बालुवाटारमा भेट, प्रचण्डले प्रधानमन्त्री ओलीसँग के राखे प्रस्ताव

उक्त बैठकमा ओलीपक्षीय १७ नेताको सहभागिता रहेको प्रचण्डपक्षीय नेताहरूको दाबी छ। ओलीपक्षीय नेताहरूले यसबारे खुलेर कुरा गर्न चाहेनन्।

तर सत्तारूढ नेकपाका प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरेले केही समययता प्रधानमन्त्री ओलीसँग आफ्नो पनि सम्पर्क। निकै बाक्लिएको बताउनुभयो

 

उनले भने, “म त जूम मीटिङमा उपस्थित हुन पाइनँ, बाहिर जानु थियो। तर प्रधानमन्त्रीज्यूको कुरा पार्टीभित्र दिनहुँ बढिरहेको जटिल परिस्थितिलाई कसरी निकास पाउने भन्ने नै हो।”

ओली निकट मानिने झापाका एक जना नेता शिव ढुङ्गेलले जूम बैठकका बारेमा आफूले सञ्चारमाध्यमबाट थाहा पाएपछि केही नेतासँग कुरा गरेको बताए।

उनले भने, “तत्कालीन एमालेको नारा ‘जनताको बहुदलीय जनवाद’का कुरा मीटिङमा भयो भएन भनेर टिप्पणी म गर्दिनँ। तर आगामी महाधिवेशनमा वर्तमान प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले उक्त नारालाई जोडतोडका साथ उठाउनुहुन्छ। त्यो चाहिँ पक्का हो।”

ओली र भारतीय गुप्तचर निकायका प्रमुखको भेटले फेरि अर्को तरङ्गके प्रधानमन्त्रीले प्रचण्डको सहमति नभई मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्?

तर बैठकको कुरा बाहिर कसरी आयो भन्ने कुराले आफू छक्क परेको नेकपा झापाका अध्यक्ष चिन्तन पाठकले बताए। “मीटिङमा के-के विषय उठे भन्नेबारे अहिले म केही बोल्दिनँ। यति हो, गोप्य कुरा कसरी बाहिर आयो?” उनले भने।

बैठकमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि सहभागी भएको कुरा चर्चामा आए पनि त्यसबारे जानकारी लिने बीबीसीको प्रयास सफल हुन सकेन।

‘हो भने पार्टी हितविपरीत’

बुधबार गरिएको जूम बैठकबारे पार्टीमा कुनै सल्लाह नभएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बीबीसीलाई बताए।

श्रेष्ठले भने, “योबारे मलाई कुनै जानकारी छैन। मैले पनि मिडियाबाटै थाहा पाएको हुँ।”

चर्चामा आए जस्तो जनताको बहुदलीय जनवादलाई ब्युँताउने कुरा बैठकमा गरिएको भए त्यसले पार्टीलाई हानि हुने उनको तर्क छ।

उनले भने, “जबजलाई तल्लो तहसम्म पुर्‍याएर लाइन बनाउने, मदन भण्डारी फाउन्डेशनललाई गाउँसम्म पुर्‍याउने र पार्टीलाई फुटसम्मको स्थितिमा पुर्‍याउने भन्ने कुरा जसरी चर्चामा आएको छ। यो पार्टीको मर्मविपरीत हो।”

 

Your Views
Related News