गत २४ घण्टामा नेपालमा २,७५३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

शनिवारको तथ्याङ्क सहित नेपालमा कोरोनाभाइरस सङ्क्रमितको कुल सङ्ख्या १,९१,६३६ पुगेको छ।

गत २४ घण्टामा कोभिड-१९ का कारण १७ जनाले ज्यान गुमाएका छन्।

मृत्यु हुनेको कुल सङ्ख्या १,०८७ पुगेको छ।

वाग्मती प्रदेशमा सबैभन्दा धेरै १,६९९ जना सङ्क्रमित थपिएका छन् भने सबैभन्दा कम कर्णालीमा २५ जना छन्।

त्यस्तै प्रदेश १ मा ४९४, प्रदेश २ मा ७७, गण्डकी प्रदेशमा १३७ र सुदुरपश्चिम प्रदेशमा १०३ जना सङ्क्रमित फेला परेका छन्।

काठमाण्डू उपत्यकामा कति?

पछिल्लो २४ घण्टामा काठमाण्डू उपत्यकामा १,५१२ जना सङ्क्रमित थपिएका छन्। जसमा महिला ६२५ र पुरुष ८८७ जना छन्।

देशभर कोरोनाभाइरस सङ्क्रमण मुक्त हुने कुल सङ्ख्या १,५५,११४ पुगेको छ।

सक्रिय सङ्क्रमितको कुल सङ्ख्या ३५,४३५ छ।

ती मध्ये काठमाण्डूमा १५,४५५, भक्तपुरमा १,२१६ र ललितपुरमा २,१९१ जना सङ्क्रिय सङ्क्रमित छन्।

परीक्षण गर्दा २५ प्रतिशतमा सङ्क्रमण

कुल परीक्षण १०,४२३ वटा नमुना परीक्षण गर्दा २,७५३ जनामा सङ्क्रमण देखा परेको हो।

पछिल्ला दिनहरूमा दैनिक परीक्षण गरिएका नमुनामध्ये २५ प्रतिशतको हाराहारीमा सङ्क्रमण देखिने गरेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १०,१५३ नमुना पीसीआर परीक्षण गर्दा २,९०९ जना सङ्क्रमित पुष्टि भएको शुक्रवार जनाएको थियो।

मन्त्रालयका अनुसार १८ जनाको मृत्यु भएको थियो भने ४,५०० जना सङ्क्रमणमुक्त भएका थिए
 

Your Views
Related News