काठमाडौ  : विगत २४ घण्टामा नेपालभरि थप २,८१७ जनामा कोरोनाभाइरस सङ्क्रमण र २१ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आइतवार अपराह्ण जनाएको हो।

सो अवधिमा १२,३११ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमितहरू फेला परेका छन्।

काठमाण्डू उपत्यकामा सर्वाधिक सङ्क्रमित फेला पर्ने क्रम जारी छ।

सङ्क्रमितमध्ये १,१६६ महिला र १,६५१ पुरुष हुन्।

के नेपालमा कोभिड मृत्युदर साँच्चिकै कम हो?चार महिनाभित्र दुई दाजुभाइको कोरोनाभाइरस सङ्क्रमणले मृत्यु

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,९४,४०० नाघेको छ। तीमध्ये ८१.१ प्रतिशत अर्थात् १,५७,९२६ जना सङ्क्रमणमुक्त भएका हुन्।

अहिलेसम्म नेपालमा १,१०८सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको हो।

विगत २४ घण्टामा २,८१२ जना निको भएको मन्त्रालयले जनाएको हो।

शनिवार २,७५३ जनामा सङ्क्रमण र जनाको मृत्यु भएको पुष्टि भएको थियो।

अहिले देशभरि ३५,४१९ सक्रिय सङ्क्रमित हुन्।

काठमाण्डूमा १,२९४ जनासहित उपत्यकामा २४ घण्टाको अवधिमा १,५३३ सङ्क्रमित थपिएका छन्।

अहिले काठमाण्डूमा १५,५२२ जनासहित उपत्यकामा १८,८५६ सक्रिय सङ्क्रमित हुन्।

के भारतीयहरू अरूभन्दा बढी कोभिड प्रतिरोधी हुन्

दीर्घ कोभिड हुँदा यी ‘चार भिन्न समस्या देखिन सक्छन्’

यो कुल सक्रिय सङ्क्रमितको आधाभन्दा बढी छ।

उपत्यकामा १५,००० भन्दा केही बढी सङ्क्रमितहरू घरमै एकान्तवासमा हुन्।

 

Your Views
Related News