काठमाडौ : त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७७ सालमा संचालन हुने २०७७ सालको विज्ञान तथा प्रविधि अध्ययन संस्थान ,व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फको ४ वर्षे वी.एस्सी, वि.वि.एस. र बि.एड. चौथो वर्षका नियमित तथा आंशिक  परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।   

परिक्षा समय : बिहान ८:०० बजे देखी ११:०० बजे सम्म

४ वर्षे वी.एस्सी

   

४ वर्षे वि.वि.एस

४ वर्षे बि.एड

  

यसै कार्यक्रमानुसार ४ वर्षे स्नातक तह चौथो वर्षको परीक्षा दिनुपर्ने केही विद्यार्थीहरुको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरुलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोव्वर दस्तुर सहित २०७७ मार्ग ०८ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७७ मार्ग १० गते भित्र आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचन प्रकाशित गरीएको छ ।

द्रष्टव्यः

  •  उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।
  •  कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन ।
  • परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो.प. मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ ।
  •  प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला ।
  • परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ ।
  •  सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ ।
  •  परीक्षा भवनभित्र मोबाइल फोन,स्मार्ट वाच, व्लुटुथ, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरु साथमा लिई जान पाइने  छैन । अन्यथा केन्द्राघ्यक्षले त्यस्ता सामान जफत गर्न सक्नेछ ।
  •  परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्स कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन ।
  •  कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपांगता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।
  •  त्रि. वि. प. नि. का. द्वारा आपूmलाई पायक पर्ने परीक्षा केन्द्र छनौटमा आवेदन दिने परीक्षार्थी बाहेक अन्य परीक्षार्थीहरूले त्रि.वि. बाट तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वतः रद्द हुनेछ । साथै कोभिड–१९ को प्रकोपका कारण सार्वजनिक विदाको दिन पनि परीक्षा संचालन हुनेछ ।

परीक्षा नियन्त्रक

 

Your Views
Related News