विगत २४ घण्टामा नेपालभरि थप २,७३६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएपछि कुल सङ्क्रमितको सङ्ख्या झन्डै दुई लाख पुगेको छ।

सो अवधिमा २२ जनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अपराह्ण जनाएको छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १,९९,७६० पुगेको छ।

अहिलेसम्म नेपालमा १,१४८ सङ्क्रमितको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको मन्त्रालयले जनाएको छ।

तीमध्ये १,६०,५७७ जना सङ्क्रमणमुक्त भएका छन्।

विगत २४ घण्टामा ८५३ जना सङ्क्रमित निको भएको मन्त्रालयले जनाएको छ।

अहिले देशभरि ३८,०३५ जना सक्रिय सङ्क्रमित छन्।

गएको २४ घण्टामा १२,९६० जनाको पीसीआर परीक्षण गरिएको थियो।

मङ्गलवार सङ्क्रमण पुष्टि भएकामा १,०५९ जना महिला रहेका छन्।

बागमतीका अत्यधिक

मङ्गलवार सङ्क्रमण पुष्टि भएकामध्ये १,७८८ जना बागमती प्रदेशका रहेका छन्।

तीमध्ये १,१४१ जना काठमाण्डू जिल्लाका रहेका छन्। ललितपुरका १९३ र भक्तपुरका ८६ जनामा पनि सङ्क्रमण पुष्टि भएको हो।

लुम्बिनी प्रदेशका थप २७९, प्रदेश नं १ का २५३ र गण्डकी प्रदेशका २०९ जनामा पनि सङ्क्रमण देखिएको हो।

प्रदेश नं २ मा ९८ जना, सुदूरपश्चिम प्रदेशका ९६ र कर्णाली प्रदेशका १३ जनामा पनि सङ्क्रमण पुष्टि भएको हो।

हाल ४०४ जना सघन उपचार कक्षमा र ९६ जना भेन्टिलेटरमा उपचाररत छन्।

 

Your Views
Related News