काठमाडौं : नेपालमा कोरोना भाइरस -कोभिड-१९) संक्रमितको संख्या २ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप २५६९ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख २ हजार ३२९ पुगेको हो ।

उनीहरुमध्ये ११७४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

१ लाख ६२ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १६६६ जना संक्रमणमुक्त भएका हुन् ।

देशभर ३८ हजार ९१२ संक्रिय संक्रमित छन् ।

 

Your Views
Related News