आर्जेन्टिना :आर्जेन्टिनाका भूतपूर्व फुटबल खेलाडी डिएगो म्याराडोना मस्तिष्कको आकस्मिक शल्यक्रियापछि अस्पतालबाट बिदा भएका छन्।

तर मदिरामा निर्भर रहने समस्याबाट मुक्त गर्न उनलाई सुधारगृहमा लगिएको छ। सन् १९९७ मा खेल जीवनबाट सन्न्यास लिएपछि म्याराडोनाले स्वास्थ्यसम्बन्धी विभिन्न समस्या खेप्नुपरेको छ। सन् १९८६ मा उनी संलग्न भएको आर्जेन्टिनी फुटबल टोलीले विश्वकप जितेको थियो।

त्यतिबेला उनले इङ्ग्ल्यान्डविरुद्धको खेलमा गरेको महत्त्वपूर्ण गोल विवादित बनेको थियो।

किन शल्यक्रिया

म्याराडोनाको मस्तिष्कमा रक्तस्राव भएको आशङ्कामा नोभेम्बर महिनाको सुरुतिर शल्यक्रिया गरिएको थियो।

तर मदिरा परित्याग गर्दा उत्पन्न समस्याले उनी लामो समय अस्पताल बस्नुपरेको थियो।

तस्बिरको क्याप्शन,म्याराडोना गत साता मङ्गलवार अस्पताल भर्ना भएका थिए

“राम्रो कुरा के हो भने डिएगो सकुशल छन्, डिएगो सबल छन्,” उनका वकिल माटियास मोर्लाले भने।रक्ताल्पता र निर्जलीकरणको समस्या देखिएपछि उनी गत साता राजधानीस्थित एउटा क्लिनिकमा भर्ना भएका थिए।सुधारगृहमा म्याराडोनालाई उनका केही निकटस्थ साथीले मात्रा भेट्न पाउनेछन्।”डिएगो आफ्नो जीवनको सम्भवतः कठिनतम क्षणमा छन्। उनको मस्तिष्कमा रगत बगेको पत्ता लाग्नु एउटा चमत्कार थियो, नत्र उनको ज्यान पनि जान सक्थ्यो,” उनका वकिलले भने।म्याराडोनाले गत महिना आफ्नो ६०औँ जन्मोत्सव मनाएका थिए।

तस्बिरको क्याप्शन,म्याराडोनाले अक्टोबर ३० मा आफ्नो ६० औँ जन्मदिन मनाए

म्याराडोना जति प्रख्यात छन् उति नै विवादित पनि। खेलपत्रकार गीजम बलागेका अनुसार फुटबलबाट पाएको ख्याति र देवताको जस्तो मान म्याराडोनाले थेग्न सकेनन्।

यस्तो छ म्याराडोनाको जीवनयात्रा

 महिना प्रकाशित आलेखमा बलागेले म्याराडोनाबारे चर्चा गरेका थिए ,त्यसकै आधारमा यो अंश:

सन् १९६८ मा फ्रान्सिस कोर्नेखो नामक एक प्रशिक्षकले एउटा गरिब बस्तीमा हुर्केका एक बालकलाई फुटबल खेल्दै गरेको देखे।

तर प्रशिक्षकले ती बालक आठ वर्ष पुगिसकेको भनेर पत्याएनन्। उनलाई विश्वस्त पार्न म्याराडोनाकी आमाको अस्पतालले दिएको जन्मदर्ताको प्रमाणपत्र देखाउनुपरेको थियो।कोर्नेखोले म्याराडोनालाई आर्जेन्टिनोस जुनीअर्समा राखेपछि उक्त क्लबले अपराजित १३६ खेल खेल्यो।

आवश्यक परेको बेला सानै उमेरदेखि उनले नेतृत्वदायी भूमिका निर्वाह गर्न पनि थाले।

“हामी खेल्न ब्रजिल गयौँ,” म्याराडोनाका साथी रुबेन फाभ्रेट भन्छन्, “रङ्गीन टेलिभिजनको जमाना थियो अनि हामी सबै एउटा-एउटा ल्याउन चाहन्थ्यौँ। तर हामीलाई बोनस दिइएको थिएन।”

“त्यतिबेला १८ वर्ष पुगेका डिएगोले सबैका लागि बोले। उनले कोन्सोली (क्लबका अध्यक्ष) लाई आफूलाई पैसा नदिए नखेल्ने बताए।”बीस वर्षको उमेरमा म्याराडोना बोका जुनीअर्समा जाँदा उनको स्थानान्तरण नाटकीय रूपमा भएको थियो।सुरुमा एक करोड डलरको कुरा चलेको भए पनि अन्तिम समयमा बोका जुनीअर्सका छ खेलाडी, केही नगद र धरौटीका रूपमा चेक दिएर उनलाई भित्र्याइएको थियो।

त्यसपछि उनी बार्सिलोना गए। तर दुई वर्ष उक्त क्लबमा बस्दा उनले उत्कृष्ट प्रदर्शन गर्न सकेनन्। आधा समय त उनी बिरामी वा घाइते नै भए। एउटा खेलमा झगडा गरेपछि उनलाई पाँच महिनाको प्रतिबन्ध लाग्यो।

तस्बिरको क्याप्शन,सन् १९८६ मा विश्वकप जितेपछि डिएगो म्याराडोना

त्यतिबेला उनी टाट पल्टिने स्थितिमा थिए। दुई महिनापछि उनी नापोलीसँग अनुबन्धित भए।त्यहाँ उनले सफलतम र अन्ततः कष्टकर समय व्यतीत गरे। त्यहीँ उनी कोकेनको दुर्व्यसनमा परे।फुटबल खेल्न छोडेपछि उनको जीवन जटिल छ।उनले सन् २००८ देखि २०१० सम्म राष्ट्रिय टोली र केही क्लबको व्यवस्थापन पनि गरेका छन्।तर व्यवस्थापकभन्दा पनि खेलाडीका रूपमा मात्र उनी प्रभावशाली देखिए।

तस्बिरको क्याप्शन,म्याराडोना सन् २०१० मा आर्जेन्टिनाले विश्वकप खेल्दा राष्ट्रिय टोलीका प्रशिक्षक थिए।म्याराडोनाका अनुसार उनले तीन वर्षअघि कोकेन सेवन गर्न छोडे।तर उनले सेवन गर्ने औषधिले उनलाई लट्ठ हुने अवस्थामा राखिराख्छ।
 

Your Views
Related News