अमेरिका : अमेरिकाको वाणिज्य मन्त्रालयले बिहीबार रातिदेखि टिकटकमाथि लाग्न लागेको प्रतिबन्ध तत्कालको लागि रोकेको छ।

यसअघिको आदेशअनुसार बिहीबार रातिदेखि अमेरिकामा टिकटक डाउनलोड गर्न प्रतिबन्ध लाग्नुपर्ने थियो। तर वाणिज्य मन्त्रालयले ‘कानुनी प्रक्रिया जारी रहेको’ भन्दै प्रतिबन्धको कार्यान्वयनमा ढिलाइ गरेको छ। उसले फिलडेल्फियाको अदालतको आदेशतर्फ पनि इङ्गित गरेको छ।सेजिकिर गरेका थिए।

वाणिज्य मन्त्रालयको पछिल्लो निर्णय टिकटकका निम्ति ठूलो राहत हो। अमेरिकामा उसका १० करोड प्रयोगकर्ता रहेको अनुमान छ।

स्वामित्व परिवर्तन

सेप्टेम्बरमा टिकटकको स्वामित्व रहेको चिनियाँ कम्पनी बाइटडान्सले उसको अमेरिकी सम्पत्तिलाई ‘टिकटक ग्लोबल’अन्तर्गत राखेर वालमार्ट र ओरकललाई हस्तान्तरण गर्ने घोषणा गरेको थियो

राष्ट्रपति डोनल्ड ट्रम्पले त्यसको समर्थन पनि गरेका थिए। तर मङ्गलवार टिकटकले विगत दुई महिनामा अमेरिकी सरकारका तर्फबाट आफूलाई कुनै प्रतिक्रिया नदिइएको जनाएको थियो।

राष्ट्रपति ट्रम्पले टिकटकलाई अमेरिकी कम्पनीलाई विक्री गर्नुपर्ने इच्छा व्यक्त गर्दै आएका छन्। उनी तथा विदेशमन्त्री माइक पोम्पेओले पटकपटक अमेरिकी प्रयोगकर्ताको डेटा वा सूचना चिनियाँ सरकारले प्राप्त गर्न सक्ने भनेर दाबी गर्दै आएका थिए। तर त्यसबारे कुनै प्रमाण भने प्रस्तुत गरिएको छैन।

टिकटकले त्यस्ता दाबी अस्वीकार गर्दै आएको छ। चीनसँग कूटनीतिक तनाव बढेपछि भारतले उक्त एपमाथि प्रतिबन्ध लगाइसकेको छ।पछिल्लो विकासक्रमबारे टिकटकले कुनै टिप्पणी गरिसकेको छैन।

 

Your Views
Related News