काठमाडौ : नेपाली काङ्ग्रेस केन्द्रिय खेलकुद विभागको साताव्यापी रक्तदान कार्यक्रम उद्घाटन भयो।

कोरोना भाईरसको प्रभाव जनसंख्याको आधारमा दक्षिण एसिया कै उच्च बिन्दुमा पुग्नुको साथै बाढी पहिरोको उच्च प्रभावको कारण बिरामीहरुको उपचारको लागि रगत अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान जिवनदान” भन्ने मुल नारा सहित नेपाली काङ्ग्रेस खेलकुद विभागले पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेत, नेपाली काङ्ग्रेस ललितपुर जिल्ला सभापति पुर्व माननीय मदन अमात्यको उपस्थितिमा मंसिर ७ गते स्वास्थ्य मापदण्ड अपनाउदै सप्ताहव्यापी रक्तदान कार्यक्रम ललितपुर काङ्ग्रेसको सक्रियता एवं केन्द्रिय खेलकुद विभागका सचीव मीन कृष्ण महर्जनको समन्वय तथा खेलकुद विभाग सदस्य नारायण देव राणाको संयोजकत्वमा उद्घाटन गरेको छ ।

जनस्वास्थ्यको सवालमा सरकार उदासिन बन्दै गर्दा नेपाली काङ्ग्रेस राष्ट्रको जिम्मेवार पार्टी भएकोले जनताप्रति ऐतिहासिक भुमिका र जिम्मेवारी कायम गर्दै कम्तिमा पनि बिरामीहरुलाई रगतको आपूर्तिमा सम्भव भए सम्म सहयोग पुर्याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको विभागका प्रमुख पुर्व सुचना तथा सन्चार मन्त्री नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बताएका छन् ।

त्यस्तैगरि उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस ललितपुर जिल्ला सभापती पुर्व माननीय मदन अमात्यले राष्ट्र मै रगतको अभाव भईरहेको अवस्थामा नेपाली काङ्ग्रेस राजनीतिक कुरा गर्ने पार्टी मात्र नभई समाजवादलाई शिरोपर्य गर्ने पार्टी भएकाले यस्तो जनसेवाको भाव सहित रक्तदान कार्यक्रम गरिएकोमा सिङ्गो नेपाली काङ्ग्रेस खेलकुद विभागलाई धन्यवाद ज्ञापन गरेका छन् ।

उक्त रक्तदान कार्यक्रम देशका विभिन्न जिल्लाहरुमा मङ्सिर १४ गते सम्म स्वास्थ्य मापदण्ड सहित चल्नेछ र विभागले आदरणीय दिदिबहिनी दाजुभाई तथा तरुण युवाहरुलाई रक्तदानको लागि अपिल गरेको छ ।

 

Your Views
Related News