काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखलाई बालुवाटार बोलाएर छलफल गरेका हुन् ।

आइतबार दिउँसो ओलीले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई बोलाएर छलफल गरेका छन् ।

सुरक्षा निकायका प्रमुखसँग के–के विषयमा कुराकानी भयो भन्ने विषयमा सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्रीको सचिवालयले भने यसलाई नियमित प्रक्रिया मात्र भएको भनेको हो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले अनलाइनखबरसँग भने, ‘यो नियमित छलफल मात्रै हो, यस्तो छलफलको विषयमा बाहिर भन्ने गरिएको छैन ।’

 

Your Views
Related News