काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारमा सहभागिता आफ्नो रुचीको विषय नभएको बताएको छ ।

शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग शनिबार भएको भेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहयात्राको प्रस्ताव राखेको खबरहरु आएको थियो ।

तर कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्रीले सत्तामा सहभागी हुन अफर कांग्रेसलाई गरेको हो कि भन्ने आशंका नगर्न पनि आग्रह गरे । अहिले सरकारमा सहभागिता कांग्रेसको रुचीको विषय नभएको भन्दै उनले भने, ‘हामी सत्ताका लागि लालायित छैनौं, ५ वर्षका लागि प्रतिपक्षीमा रहने जनादेश छ ।’

नेकपाभित्रको द्वन्द्वमा आफूहरु निरपेक्ष रहेको भन्दै उनले आफ्नो जोडघटाउमा प्रतिपक्षी टाउको गणना नगर्न आग्रह गरेका छन् ।भोलिको दिनमा नेकपा कुन बाटोमा जान्छ भन्ने टुंगो नभएको भन्दै शर्माले अहिले धेरै चासो राख्नुपर्ने अवस्था नरहेको बताए ।

सत्तारुढ दलमा केही द्वन्द्व भयो भन्दैमा कांग्रेसले सत्ताका लागि खुट्टा उचालिहालेको वा अलिकति उज्यालो अनुहारका साथ सिंहदरबारतिर हेरेको नसोच्न आग्रह गर्दछु, उनले भने ।

 

Your Views
Related News