काठमाडौं : साउदी अरेबियामा बिरामीको शल्यक्रिया गर्न गएका एक डाक्टरको अपरेसन कक्षभित्रै मृत्यु भएको छ । साउदी सञ्चारमाध्यमहरुका अनुसार हाडजोर्नीसम्बन्धी शल्यक्रियाको लागि तयारी गरिरहेकै बेला डाक्टरको मृत्यु भएको हो । शुक्रबार खामित मुसाइत सिभिल हस्पिटलमा हृदयाघातको कारण महदी अल एमारीको मृत्यु भएको छ ।

शल्यक्रिया गर्ने तयारी गर्दै गर्दा सहयोगीहरुले उनी अस्वस्थ रहेको देखेका हुन्  ।

स्वास्थ्य परीक्षण गर्दा उनीमा मुटुको समस्या देखिएको थियो । सहयोगीहरुका अनुसार उनको पेट दुखेको थियो र उनी निकै थकित तथा पीडामा छन्  ।

त्यसपछि उनी उनले आफ्नो स्वास्थ्य परीक्षण गर्न अस्वीकार गर्दै बिरामीको अपरेसन गर्ने अडान राखेका हुन् ।

तर, उनको स्वास्थ्य परीक्षण गरी इलेक्ट्रोडायग्राम गर्दा उनलाई हृदयाघात भएको पाइएको अस्पतालले बताएको हो यद्यपि इलेक्ट्रोडायग्राम गरेपछि उनले अपरेसन गरे वा गरेनन् भन्ने खुलाइएको छैन । अस्पताले आफ्नो काम गर्दागर्दै मृत्युलाई प्राप्त गरेको उल्लेख गरेको हो।

 

Your Views
Related News