काठमाण्डू : नेपालमा विगत दुई महिनादेखि दैनिक परीक्षण गरिने व्यक्तिमध्ये २० प्रतिशतसम्ममा कोरोनाभाइरस सङ्क्रमण पुष्टि हुने गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

तीमध्ये आधाजसो सङ्क्रमित काठमाण्डू उपत्यकाका तीन जिल्लामा फेला पर्ने गरेका छन्।धेरै जनघनत्व र मान्छेको हिँडडुल तथा गतिविधि बढी हुने भएकाले राजधानीमा बढी सङ्क्रमित देखिएको विज्ञहरूले औँल्याएका छन्।केही समयदेखि उपत्यकाका तीन जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या देशभरि भएका सक्रिय सङ्क्रमितको कुल सङ्ख्याको ५० प्रतिशत भन्दा बढी कायम हुने गरेको छ।

सङ्क्रमणको प्रवृत्ति कस्तो?

जोन हप्किन्स यूनिभर्सिटीले सङ्कलन गरेको तथ्याङ्कमा नेपाल कोरोनाभाइरस सङ्क्रमणबाट प्रभावित देखो सूचीमा ३६औँ स्थानमा छ भने दक्षिण एशियामा भारत, बाङ्ग्लादेश र पाकिस्तानपछि चौथो स्थानमा छ।

तर पर्याप्त परीक्षण नहुँदा नेपालमा सङ्क्रमणको वास्तविक स्थिति ठ्याक्कै बताउन कठिन भएको जनस्वास्थ्यविद्‌हरू बताउँछन्।

स्वास्थ्य मन्त्रालयको अवैतनिक सल्लाहकार डा. सुरेश तिवारीका अनुसार यद्यपि परीक्षण गरिएकामध्ये सङ्क्रमितको प्रतिशत हेर्दा सङ्क्रमण दर उच्च छ।पछिल्लो दुई महिनाकै तथ्याङ्क हेर्नुभयो भने औसतमा दैनिक २० प्रतिशतसम्ममा सङ्क्रमण पुष्टि हुने गरेको छ जुन एकदम उच्च हो, उनले  भने।जनघनत्व र मानवीय गतिविधिका आधारमा ठाउँअनुसार सङ्क्रमणको स्थिति फरक देखिएको अर्का जनस्वास्थ्यविद्‌ डा. शरदराज वन्त बताउँछन्।सबै ठाउँमा सङ्क्रमण दर समान देखिएको छैन। जहाँ जनघनत्व धेरै छ र मुभमेन्ट धेरै भएको छ, त्यहाँ सक्रिय सङ्क्रमित पनि बढी देखिएका छन्, उनले भने।यसमा डा. तिवारी पनि सहमत छन्।

के फेरि लकडाउन गर्नुपर्छ?

कोरोनाभाइरस महामारीको गम्भीरतालाई लिएर नेपालमा जनस्वास्थ्यका मापदण्डहरूको खासै पालना नभएकोमा जनस्वास्थ्यविद्‌ले चिन्ता व्यक्त गर्दै आएका छन्।खासगरी लकडाउनको अन्त्य गरिएपछि मानिसहरूले सामाजिक दूरी कायम गर्ने, भिडभाड नगर्ने तथा मास्क लगाउने बानीमा गम्भीर नबनेको जनस्वास्थ्यविद्‌ डा. वन्तको ठम्याइ छ।अर्का जनस्वास्थ्यविद्‌ डा. तिवारीको विचारमा कतिपय सार्वजनिक गतिविधिहरू त खुला गर्ने समय नै भएको थिएन।उसोभए के फेरि लकडाउन गर्नुपर्छ त? डा. वन्तले भने, “पहिलाजस्तै एकै पटक सबैतिर त गर्न नपर्ला। सक्रिय सङ्क्रमणको स्थिति हेरेर ठाउँठाउँमा गर्नुपर्ने हुन्छ।”

सङ्घीय र प्रादेशिक सरकारहरू ‘स्मार्ट लकडाउन’बारे योजना बनाएर अघि बढ्नुपर्ने डा. तिवारीको सुझाव छ।मलाई लाग्छ अन्तरप्रदेशसम्बन्धी गतिविधिबारे सङ्घीय सरकारले गर्नुपर्ने हुनसक्छ। स्थानीय तहमा गर्नुपर्ने कुरा प्रदेश सरकार आफैँले गर्न सक्छन्।कति सक्रिय सक्रिय सङ्क्रमित भए भने लकडाउन गर्ने लगायतका विषयमा एउटा मापदण्ड बनाएर स्थानीय तहमा त्यसको कार्यान्वयन गर्न सकिन्छ,उनले थपे।हालै काठमाण्डू उपत्यका मेयर फोरमले सङ्क्रमणको विस्तार रोक्न चाडबाड सकिएलगत्तै कडा लकडाउन गर्नुपर्ने सुझाव दिएको थियो।तर ५०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले फेरि निषेधाज्ञा वा लकडाउन गर्ने विषयमा कुनै छलफल नभएको दुई दिनअघि बीबीसीलाई बताएका थिए।

अहिलेको अवस्था के छ?

पीसीआर विधिबाट परीक्षण गरिएका सबै नमुनामध्ये १३.३ प्रतिशतमा कोरोनाभाइरस पाइएको मन्त्रालयले जनाएको छ।सङ्क्रमणदर उच्च देखिए पनि कोभिड-१९ सँग सम्बन्धित कारणले थोरै सङ्क्रमितको मृत्यु भएको बताइन्छ।तर ६० वर्षभन्दा माथिको उमेरका सङ्क्रमितमा मृत्युदर उच्च छ।हालसम्मको तथ्याङ्कलाई हेर्दा नेपालमा निको हुने दर झन्डै ९० प्रतिशतभन्दा बढी छ।

 

Your Views
Related News