बुटवल : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ ।

बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन् ।

नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र (रुपन्देही–२) को सैनामैना मा.बि रानिबगिया र पर्राेहा मा.बि. मुर्गियाको नव निर्मित भवनको उदघाटन गर्न जाँदै थिए ।प्रहरीले कालो झण्डा देखाउने प्रदर्शनकारीलाई तत्कालै सडकबाट हटाएपछि नेता पौडेल आफ्नो गन्तव्यतर्फ लागेका छन् । कालो झण्डा देखाउने कसैलाई पनि नियन्त्रणमा नलिइएको प्रहरीले जनाएको छ ।

बालुवाटारको सरकारी जग्गा आफ्ना छोराको नाममा गराएको र वर्तमान सरकार एकपछि अर्को ठूला भ्रष्टाचारमा मुछिएको हुँदा पौडेललाई कालो झण्डा देखाएर विरोध गरिएको कांग्रेस रुपन्देहीका युवा नेता विष्णु पोखरेलले बताए ।गत संसदीय चुनावमा बुटवललाई स्थायी राजधानी बनाउने मुख्य चुनावी एजेण्डा बनाएर चुनाव जिते पनि अन्तिममा एजेण्डा छाडेर अर्थमन्त्री पदसँग राजधानी साटेको आरोप पनि पौडेललाई लाग्दै आएको छ ।

यो पनि पढ्नुहोसबुटवलमा पौडेललाई प्रश्न : अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको हो ?

महासचिव पौडेल भन्छन्– विकास विरोधी झण्डाको रुपमा बुझेको छु

आफूलाई बुटवलमा कालो झण्डा देखाइएको विषयमा प्रतिक्रिया दिँदै महासचिव पौडेलले त्यसलाई आफूले ‘विकास विरोधी झण्डा’को रुपमा बुझेको बताएका छन् ।

जसरी मलाई बुटवलमा कालो झण्डा देखाउने काम भयो, त्यसलाई मैले विकास विरोधी झण्डको रुपमा बुझेको छु,महासचिव पौडेलले भने ।उनले लोकतन्त्रमा विरोध गर्ने अधिकार सबैलाई रहने भएकाले त्यसको सम्मान गर्ने पनि बताए ।

 

Your Views
Related News