काठमाडौ : कोरोना भाईरसको प्रभाव जनसंख्याको आधारमा दक्षिण एसिया कै उच्च बिन्दुमा पुग्नुको साथै बाढी पहिरोको उच्च प्रभावको कारण बिरामीहरुको उपचारको लागि रगत अभाव भइरहेको अवस्थालाई मध्यनजर गर्दै “रक्तदान जिवनदान” भन्ने मुल नारा सहित नेपाली काङ्ग्रेस खेलकुद विभागले आयोजना गरेको साताव्यापी रक्तदान कार्यक्रम अन्तर्गत मङ्सिर ११ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा नेपाली काङ्ग्रेस खेलकुद विभागका प्रमुख पुर्व सुचना तथा सन्चार मन्त्री प्रभाव शाली केन्द्रिय सदस्य मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्य एवं खेलकुद विभागका सदस्य तपेन्द्र बहादुर दर्नालको संयोजकत्वमा नेपाली काङ्ग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ का क्षेत्रीय सभापती बालकृष्ण बस्नेत लगायत पार्टीका अग्रज नेता गण, भातृ शुभेच्छुक संस्थाका पदाधिकारी लगायत थुप्रै नेता कार्यकर्ताहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न भएको छ ।

उक्त रक्तदान कार्यक्रममा १३३ जनाले रक्तदान गरेका छन् । जसमा १३ जना महिला र १२० जना पुरुष रहेका छन् ।

रक्तदान कार्यक्रम नेपालकी चर्चित मोडेल अनुशा रिजालले रगत दिएर सुरुवात गरिएको थियो ।

उक्त रक्तदान कार्यक्रमहरुलाई नेपाली काङ्ग्रेसका प्रभाव शाली केन्द्रीय सदस्य पुर्व सुचना तथा सन्चार मन्त्री पार्टी खेलकुद विभाग प्रमुख मोहन बहादुर बस्नेतले सम्बोधन गर्नुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले “जनस्वास्थ्यको सवालमा सरकार उदासिन बन्दै गर्दा नेपाली काङ्ग्रेस राष्ट्रको जिम्मेवार पार्टी भएकोले जनताप्रति ऐतिहासिक भुमिका र जिम्मेवारी कायम गर्दै कम्तिमा पनि बिरामीहरुलाई रगतको आपूर्तिमा सम्भव भए सम्म सहयोग पुर्याउने उद्देश्यले उक्त रक्तदान कार्यक्रम गरिएको” कुरा प्रकाश पार्नुभएको छ ।

विभागले हाल सम्म सम्पन्न भएका रक्तदान कार्यक्रमका सम्पुर्ण रक्तदाता र प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णमा कृतज्ञता व्यक्त गर्यो।

साथै रक्तदान कार्यक्रम देशका विभिन्न जिल्लाहरुमा मङ्सिर १५ गते सम्म स्वास्थ्य मापदण्ड सहित चल्ने भएकोले आदरणीय दिदिबहिनी दाजुभाई तथा तरुण युवाहरुलाई रक्तदानको लागि अपिल गरेको छ ।

 

Your Views
Related News