काठमाडाैँ : नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर ५ दुइपिपलमा हेलिकप्टर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले कैलाश हेलिकप्टर सर्भिसेस्को नाईन एनए जेजे हेलिकप्टर सामान्य दुर्घटनामा परेको दैनिकीलाइ जानकारी दिए ।
बागलुङको गलकोटबाट काठमाण्डौँका लागि उडेको हेलिकप्टर चिल ठोक्किएर बेलकोटगढीमा दुर्घटनामा परेको उहाँले जानकारी दिनुभयो । हेलिकप्टरमा सवार एक जना यात्रु सामान्य घाइते भएका हुन ।
उनको अर्को हेलिकप्टरबाट उद्धर गरेर काठमाडाैँ ल्याइएको छ भने चिल ठोक्किएर दुर्घटनामा परेको हेलिकप्टरको मर्मत हरगरिदै छ ।
गलकोट नगरपालिका वडानम्वर ३ का वडा अध्यक्ष वीर जंग भण्डारी वडा नम्बर ३ का सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गिता मल्ल तथा चालक सवार गर्नुभएकाे थियाे । भण्डारीको हात र खुट्टामा सामान्य चोट लागेको हाे ।
हटियाबाट १२ बजेर ५० मिनेटमा उडेको हेलिकप्टर पौने २ बजे दुर्घटना भएको छ । चरा ठोकीदा हेलिकप्टरको अगाडिको सिसा फुटेको छ भने अगाडिको भागमा क्षति पुगेको
 

Your Views
Related News