एजेन्सी : साउथ सुपरस्टार रवि तेजा सडक दुर्घटनामा मृत्यु भएका दाजुको अन्तिम संस्कारमा गएका थिएनन् । रवि मात्र होइन उनको परिवारका धेरै सदस्य अन्तिम सँस्कारमा गएका थिएनन् ।

रवि तेजाका दाजु भारत भुपतिराजुको ४६ वर्षको उमेरमा दुर्घटनामा निधन भएको थियो ।

एक पपुलर वेबसाइटका अनुसार घटनापछि रवि तेजा र उनको परिवार निकै शोकमा रहेकोले अन्तिम संस्कारमा नगएका हुन् ।

पोष्टमार्टमपछि शवलाई उस्मानिया जनरल हस्पिटलमा राखिएको थियो तर रवि तेजा शव हेर्न पनि गएनन् ।

 

Your Views
Related News