काठमाडौं : शेफिल्ड युनाइटेडलाई पराजित गर्दै एभरटन प्रिमियर लिगको अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ । गिल्फ सिगुरसनको एकमात्र गोल मद्दतमा एभरटनले शेफिल्डलाई उसैको मैदानमा १-० ले पराजित गरेको छ ।

एभरटनलाई ३ अंक दिलाउन ८०औं मिनेटमा सिगुरसनले अबदाउले डेकेरोको पसामा निर्णायक गोल गरे ।

जितपछि १५ खेलबाट २९ अंक जोड्दै एभरटन दोस्रो स्थानमा उक्लेको छ । समान खेलबाट २८ अंक रहेको लेस्टर सिटी तेस्रोमा झरेको हो । १४ खेलबाट २७ अंक जोडेको म्यानचेष्टर युनाइटेड चौथो स्थानमा हो ।१५ खेलसम्म जितविहिन रहेको शेफिल्ड भने जम्मा २ अंकसहित अंकतालिकाको पुछारमा अर्थात २०औं स्थानमा हो।

यस्तै न्यूकासल युनाइटेडलाई २-० ले पराजित गर्दै म्यानचेष्टर सिटी पाँचौ स्थानमा उक्लेको हो।

घरेलु मैदान एतिहाड स्टेडियममा भएको खेलको १४औं मिनेटमा इकाए गुन्डागोनले गोल गरर्दै सिटीलाई अग्रता दिलाएका थिए । ५५औं मिनेटमा फेरान टोरेसले सिटीको दोस्रो गोल गरेका थिए । सिटीले १४ खेलबाट २६ अंक जोडेको छ । १४ खेलबाट १८ अंक रहेको न्यूकासल १२औं स्थानमा हो ।

यसैगरी १० खेलाडीमा रहेर पनि क्रिस्टल प्यालेसलाई ३-० ले पराजित गरेको एस्टनभिल्ला १३ खेलबाट २५ अक जोड्दै छैटौं स्थानमा उक्लेको हो ।

 

Your Views
Related News