सिन्धुली — सिन्धुलीमा मंगलबार दिउँसो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन्

सदरमुकामबाट कमलामाई नगरपालिका-७ बाँसकटेरी गइरहेको बा १७ च १११७ जिप घुम्ती मोड्ने क्रममा दुर्घटना भएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिए ।

मृत्यु हुनेहरुमा कमलामाई-७का ६५ वर्षीय रुद्रबहादुर थापा,१८ वर्षीया रिता यसमाली,१९ वर्षीया दुर्गा श्रेष्ठ र उनको दुई वर्षको छोरा मनिष श्रेष्ठ रहेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले बताए ।

दुर्घटनामा परि ३८ वर्षीय चालक भोज विक्रम थापा गम्भिर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौं पठाइएको डीएसपी मनोजकुमार लामाले बताए । अन्य घाइतेहरुमा २७ वर्षीय धनबहादुर श्रेष्ठ, २० वर्षीय शान्तिमाया थिङ, २२ वर्षीय कविता श्रेष्ठ, ५० वर्षीय सुनमाया थिङ, ३० वर्षीय सुकुमाया पुलामी र उनका छोरा दुई वर्षीय रेमन पुलामी र २८ वर्षीय विनिता श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । दुर्घटना भएको जिप सडकबाट ६० फिट तल खसेको थियो । कच्ची, घुमाउरो सडक र ओभरलोडका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

शान्तिमायाँ थिङ, २०, घाइते

म सिन्धुली बहुमखी क्याम्पसमा अध्ययनरत छु । बिहानको पढाइ भएकाले आज घर जान हिँडेकी थिएँ । कोठामा खानेकुरा सकिएको थियो । घरबाट खाने चामल लिएर आउनु पर्‍यो भनेर जाँदै थिएँ । सदरमुकामबाट दिउँसोको ३ बजेतिर बाँसकटेरीका लागि हाम्रो जिप छुटेको थियो । पछाडि हामी ५ जना थियौं, जिप आफ्नै रफ्तारमा थियो । सिमेन्ट लोड भएकाले हामी सबैजना उभिएका थियौं, सिमेन्टको धुलो र कच्ची सडकको धुलोले कुहिरीमण्डल जस्तै हुन्थ्यो ।

 

Your Views
Related News