उत्तर कोरियाले गरेको छोटो दूरीको क्षेप्यास्त्र परीक्षण ‘उक्साउनका लागि गरेको’ नठानेको अमेरिकी राष्ट्रपति जो बाइडनले बताएका छन्।

आइतवार बिहान उत्तर कोरियाले दुई क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो।

बाइडनले त्यसलाई रक्षा अधिकारीहरूले सामान्य गतिविधिको रूपमा लिएको बताए।

उत्तर कोरियाले सप्ताहान्तमा संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रतिबन्ध नमिचिने गरी क्षेप्यास्त्र परीक्षण गरेको थियो। यो परीक्षण बाइडन सत्तामा आएपछि पहिलो पटक गरिएको हो।

हालै उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाको संयुक्त सैन्य अभ्यासको आलोचना गरेको थियो।

बाइडन प्रशासनले उत्तर कोरियासँग कूटनीतिक सम्पर्क गर्ने प्रयास असफल भइरहेको विवरणमाझ पछिल्लो घटनाक्रम भएको हो।

 

Your Views
Related News