ब्रिटिस राजकुमार ह्यारी बेटरअप नामक अमेरिकी मानसिक स्वास्थ्य संस्थामा प्रमुख प्रभाव अधिकृत बन्ने भएका छन्।

एक विज्ञप्तिमा राजकुमार ह्यारीले नयाँ भूमिकाका सम्बन्धमा एकदमै उत्साहित रहेको बताएका छन्।

उनको जिम्मेवारी, काम गर्ने समय र तलबका बारेमा बताइएको छैन।

गत मार्चमा शाही जिम्मेवारीबाट पन्छिएपछि उनले कमाउन काम गर्न थालेका हुन्।

राजकुमार ह्यारीले नयाँ जिम्मेवारीमा उनको लक्ष्य मानसिक स्वास्थ्यका बारेमा महत्त्वपूर्ण बहसलाई प्रोत्साहन दिने, सहज समुदाय निर्माण गर्ने र खुला कुराकानीका लागि वातावरण तयार गर्ने हुने बताएका छन्।

बेटरअपका प्रमुख कार्यकारी अधिकृत एलेक्सी राबिचौका अनुसार राजकुमार ह्यारीले अन्य कर्मचारीको व्यवस्थापन नगर्ने तर अवस्था सामान्य भएपछि सान फ्रान्सिस्कोस्थित कार्यालयमा केही समय बिताउने बताएका छन्।

सन् २०१३ मा स्थापित बेटरअपले मोबाइलमार्फत व्यावसायिक सहयोग प्रदान गर्छ। यसका ६६ देशमा ४९ भाषा बोल्ने २,००० परामर्शदाता रहेको बताइएको छ।

 

Your Views
Related News