चीनको सबैभन्दा ठूलो कार निर्माता कम्पनी गिलीले सुविधासम्पन्न विद्युतीय कार बनाएर टेस्लालाई चुनौती दिने बताएको छ।

भोल्भो र लोटस कारको स्वामित्व लिएको चिनियाँ कम्पनीले मङ्गलवार चिनियाँ बजारलाई लक्षित गरेर जीकर विद्यूतीय कारको घोषणा गरेको हो।

सन् २०२१ को तेस्रो त्रैमासिकसम्म उपलब्ध हुने बताउँदै गिली कम्पनीले ती कार सुविधासम्पन्न हुने बताएको छ।

गिलीको स्वामित्वमा रहेको स्वीडेनको भोल्भोले पनि चीनमा पोलस्टार नामक विद्युतीय कार बनाउँछ भने लोटसले इभिजा भन्ने विद्युतीय सुपरकार विकास गरिरहेको छ।

टेस्लाको मोडेल ३ चीनमा सबैभन्दा बढी बिक्री हुने विद्युतीय कार हो। चीनमा नियो, एक्सपेङ र ली अटोले पनि विद्युतीय कार बनाउँछन्।

 

Your Views
Related News