काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नविन्द्रराज जोशीको निधन भएको छ । फागुन १४ गते मस्तिष्कघात भएर अस्पताल भर्ना भएका जोशीको शुक्रबार साँझ निधन भएको हो । जोशीलाई एक महिनासम्म नर्भिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

जोशीको केहीबेरअघि निधन भएको नेपाली कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जोशीको निधनले एक इमान्दार र निष्ठावान नेता गुमाएको बताएका छन् । जोशीको निधनको खबरले मर्माहित बनाएको भन्दै देउवाले उनको आत्माको चीर शान्तिको कामना गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।

मष्तिष्कघात भएपछि फागुन १४ गतेदेखि जोशीको नर्भिक अस्पतालको अति सघन कक्षमा उपचार भइराखेको थियो ।

उच्च रक्तचापको औषधि सेवन गरिरहेका जोशीलाई भएको मस्तिष्कघात एकदमै जटिल खालको रहेको नर्भिक इन्टरनेसनल अस्पतालका वरिष्ठ न्युरो सर्जन डा.. राजीव झाको भनाइ छ ।
मष्टिष्कघाटपछि अस्पताल पुर्‍याउँदा उनको टाउकोमा पानी जमेको पाइएको थियो।

जोशीका बायाँ खुट्टा र बाँया हातमा फागुन १३ गते राति समस्या देखिएको थियो । त्यसपछि उनलाई वीर अस्पताल लगिएको थियो। वीरमा पुग्दासम्म उनी बोल्न सक्ने अवस्थामा थिए। त्यसपछि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो।

 

Your Views
Related News