काठमाडौं : संसदको सार्वजनिक लेखा समितिले काठमाडौं तराई फास्ट ट्र्याकको सुरुङ र पुल निर्माणसम्बन्धी दोस्रो प्याकेजको खरिद प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ ।

रक्षा मन्त्रालय र नेपाली सेनाका प्रतिनिधिहरुसँग छलफल गरेको समितिले सार्वजनिक खरिद ऐनअनुसार प्रतिस्पर्धा, पारदर्शी र मितव्ययी हुने गरी खरिद प्रक्रिया सञ्चालन नभएको निष्कर्ष निकालेको छ । उसले अहिलेको खरिद प्रक्रिया रद्द गर्न र सार्वजनिक खरिद नियमावलीअनुसार पुन: प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।

 

Your Views
Related News