नयाँ युरोपेली सुपर लिग (ईएसएल) मा भाग लिन प्रमुख छसहित १२ वटा क्लब तयार भएका छन्।तिनमा आर्सेनल, चेल्सी, लिभरपूल, म्यानचेस्टर सिटी, म्याचेस्टर युनाइटेड र टोट्नम पनि छन्।

युरोपियन फुटबलमा हलचल ल्याइदिएको उक्त कदमअन्तर्गत प्रिमियर लिग क्लबमा एसी मिलान, एट्लेटिको मड्रिड, बार्सिलोना, इन्टर मिलान, युभेन्ट्स र रियल मड्रिड पनि जोडिएका छन्।

संस्थापक क्लबहरूले ‘नयाँ मध्यसप्ताह प्रतिस्पर्धा’ आयोजना गर्न सहमति गरेको ईएसएलको भनाइ छ। तर ‘सम्बन्धित राष्ट्रिय लिग प्रतिस्पर्धालाई उनीहरूले निरन्तरता’ दिने छन्।

उसले उद्घाटन ‘छिट्टै सुरु हुने अपेक्षा गरिएको’ र ‘थप तीनवटा क्लब पनि जोडिने आशा’ गरिएको जनाएको छ।ईएसएलको योजनामा पुरुष खेल सुरु भएपछि जतिसक्दो छिटो महिला प्रतिस्पर्धा पनि गराउने भनिएको छ।

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोन्सन, युनियन अफ युरोपियन फुटबल एशोसियसन (युईएफए) र प्रिमियर लिगले आइतवार युरोपियन सुपर लिगबारेको समाचार आएपछि उक्त कदमको भर्त्सना गरेका छन।

फुटबलको विश्व प्रशासकीय निकाय फिफाले यसअघि त्यस्ता प्रतिस्पर्धालाई मान्यता नदिने बताएको थियो। उसले त्यसमा संलग्न हुने खेलाडीलाई विश्व कपमा खेल्नबाट रोक लगाउन सक्ने समेत जनाएको थियो।

युईएफएले त्यसमा संलग्न खेलाडीहरूलाई घरेलु, युरोपेली वा विश्वस्तरका खेलमा सहभागी हुन प्रतिबन्ध लगाउने र उनीहरूलाई आफ्नो देशको राष्ट्रिय टीममा पनि संलग्न हुन रोक्ने चेतावनी आइतवार दोहोर्‍याएको छ।

सुपर लिगको घोषणापछि फिफाले प्रस्तावित प्रतिस्पर्धालाई मान्यता नदिने घोषणा गरेको छ।उसले खेलको राम्रोका निम्ति तातो बहसमा संलग्न सबैलाई शान्त हुन र सन्तुलित एवम् रचनात्मक संवादमा सहभागी हुन आग्रह गरेको छ।

 

Your Views
Related News