काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पार्टीको आगामी १४ औं महाधिवेशनबारे प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा गरेको टिप्पणीप्रति गम्भीर आपत्ति जनाएका छन् ।

डा. कोइरालाले भनेका छन्, ‘प्रधानमन्त्रीको सरकारी निवासमा भएको सर्वदलीय बैठकमा विपक्षी दल कांग्रेस पार्टीको महाधिवेशनका बारेमा कुरा उठ्नु र प्रधानमन्त्रीले कांग्रेसको महाधिवेशन सर्न सक्ने भन्ने आशयको कुरा राख्नु दुर्भाग्य हो ।’कोइरालाले यो कुरा कुनै पनि हालतमा मान्य नहुने बताएका छन्। कोइरालाले भनेका छन्, ‘महाधिवेशन कांग्रेस पार्टीले गर्ने हो। यसमा कसैको अमुर्त स्वार्थ स्विकार्य हुँदैन।’

शनिबार बालुवाटारमा आयोजित सर्वदलीय बैठकमा प्रधानमन्‍त्री केपी ओलीले कांग्रेसलाई भदौंमा महाधिवेश गर्न कठिनाइ भए संवैधानिक जटिलता फुकाउन  आफू तयार रहेको बताएका थिए। त्यसमा देउवाको मौन बसेका थिए। देउवाको इच्छा बुझेर नै ओलीले यस्तो प्रस्ताव राखेको बताइएको छ।

नियमिति चार वर्षे अवधि सकिएर विधानअनुसार थपिएको एक वर्ष पनि गत फागुन ७ मा समाप्त भएपछि संविधानले दिएको विशेष सहुलियत उपयोग गर्दै भदौंमा सारिएको थियो। अब महाधिवेशन सार्नका लागि संविधान संशोधन गरेर संवैधानिक प्रावधान नै परिवर्तन गर्नुपर्ने हुन्छ। देउवासहितको संस्थापन पक्ष महाधिशेन सार्ने रणनीतिमा देखिन्छ।

 

Your Views
Related News