शनिबार बेलुकी ८ बजेबाट सुरु भएको ‘द भ्वाइस अफ नेपाल’ सिजन ३ को फाइनल मध्यरात १२ बजे सकियो । निकै नै प्रतिक्षामा रहेको यो शोको फाइनललाई युटुबमा मात्र करिब ३ लाख दर्शकले लाइभ हेरेका थिए । यसले पनि शोको लोकप्रियता वुझ्न सकिन्छ ।

‘कोच प्रमोद’बाट किरण गजमेरले तेश्रो सिजनको उपाधि जितेका छ

टिम प्रमोद(खरेल)का गजमेरले फिनालेमा मन्त्र ब्यान्डको ‘हिमाली नेपाली’ बोलको गीतमा प्रस्तुति दिएका थिए । विजेता भएसँगै उनले नगद रू २५ लाख   र ट्रफी पनि प्राप्त गरे । ‘द भ्वाइस अफ नेपाल ३’को फाइनलिस्टको रुपमा तारा श्रीष मगर, ज्वाला राई र आर्यन तामाङ बन्न सफल भए ।

उनी झापाको खुदुनाबारी शरणार्थी शिविरमा जन्मिएका हुन् । भुटानबाट सर्वस्व त्यागेर उनको परिवार नेपाल आएको थियो ।

हाल अमेरिका बस्दै आएका किरणले भ्वाइसको ट्रफी उचाल्दा आफूले नेपाली नागरिकता पाएजस्तो अनुभव भएको प्रतिक्रिया दिए । ‘मैले नागरिकता पाएको थिइनँ । तर यो ट्रफी नागरिकता हो मेरो लागि,’किरणले भनेका छन् ।

भ्वाइसको कार्यक्रममा गायिका प्रविशा अधिकारी, राजेश पायल राईले गायन प्रस्तुति दिएका थिए ।

 

Your Views
Related News