(एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी एकताको सम्भावना लगभग समाप्त भएको निष्कर्षमा पुगेका छन् ।

केही दिनयता आफ्ना पार्टीका नेताहरुसँग छुट्टाछुट्टै छलफल गरिरहेका नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीको पछिल्लो बैठकका निर्णयले पार्टी एकताको सम्भावना अन्त्य भएको निचोड सुनाएका छन् ।

बुधबार उनले केही पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरे । आज पनि नेता नेपाल छलफलमा नै व्यस्त छन्न् ।

केन्द्रीय सदस्य जीवनराम श्रेष्ठका अनुसार छलफलमा उनले ओलीको पछिल्लो निर्णयले पार्टी एकताको सम्भावना क्षीण भएको बताएका हुन् ।

नेता नेपालले आफू पार्टीमा नआए हुन्थ्यो भन्ने ओलीको व्यवहार देखिएको गुनासो समेत गरेका छन् । jalpakhabar bata साभार।

 

 

 

Your Views
Related News