काठमाडौँ — पछिल्लो २४ घण्टामा ११ हजार ७०८ जनाको पीसीआर परीक्षणमा २ हजार ७६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

त्यसैगरी ६ हजार ८७४ जनाको एन्टिजेन परीक्षणमा १ हजार १५२ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा निको हुनेको संख्या २ हजार ११८ रहेको छ भने २७ जनाले ज्यान गुमाएका छन् ।

 

Your Views
Related News