रिलायबल लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासनका लागि प्रक्रिया अगाडि बढाएको छ । रिलायबल लाइफ इन्स्योरेन्सले १ अर्ब २७ करोड २० लाख रुपैयाँबराबरको आईपीओ निष्कासनको प्रक्रिया अगाडि बढाएको हो ।

यसका लागि कम्पनीले गत साउन १२ गते नेपाल धितोपत्र बोर्डमा आवेदन पेस गरेको छ । धितोपत्र बिक्री प्रबन्धकमा भने सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । यसैगरी रिलायबल नेपाल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक बर्ष सामान्य प्रगति गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ।

रिलायबलले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्ष ५.३९ प्रतिशतले खुद मुनाफा बढाएको वित्तीय विवरण सार्वजनिक गरेको हो। रिलायबलले सार्वजनिक गरेको अन डिटेड वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक बर्षको तुलानामा गत आर्थिक बर्ष खुद मुनाफा १ करोड १६ लाखले बढेर २१ करोड ४३ लाख पुगेको छ।

रिलायबलको चुक्ता पुंजी १ अर्ब ४० करोड छ भने उसको जगेडामा ८४ करोड ३५ लाख रहेको छ। रिलायबलको जीवन बीमा कोष २ अर्ब ५८ करोड पुगेको छ। रिलायबलको नेट प्रिमियम ८८.०१ प्रतिशतले बढेर २ अर्ब ९५ करोड पुगेको छ। जुन अघिल्लो आर्थिक बर्ष १ अर्ब ५७ करोड थियो। त्यस्तै मुख्य आम्दानी नेट प्रिमियमको साथ साथै रिलायबलले लगानी, कर्जा लगानी तथा अन्य माध्यमबाट ३६ करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ।

गत आर्थिक बर्ष रिलायबलको खुद दाबी १२३.६३ प्रतिशतले बढेर ६७ करोड ९८ लाख पुगेको छ भने यस अवधिमा रिलायबलको पोलिसी सङ्ख्या बढेर ३६ लाख ९ हजार ६७८ पुगेको छ। यस अवधिमा रिलायबलको प्रति सेयर आम्दानी १६ रुपैयाँ १४ पैसा र प्रति सेयर नेटवर्थ १६५ रुपैयाँ ९६ पैसा रहेको छ।

 

 

 

 

 

 

Your Views
Related News