अफगानिस्तानका अधिकारीहरूलाई उद्धृत गरिएका विवरणहरूमा राष्ट्रपति अशरफ गनीले देश छोडेको जनाइएको छ।

तालिबान लडाकु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो।

अफगान उपाराष्ट्रपति पनि भागेको हुनसक्ने बताइएको छ।

दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू तालिबान लडाकुहरूअघि झुकेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबावमा थिए।

यसअघि त्यहाँको गृह मन्त्रालयले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता भइरहेको जनाएको थियो।

केही सातादेखि देशका अन्य भागमा हिंसा फैलिँदा भागेका हजारौँ अफगानहरूले काबुलमा शरण लिइराखेका छन्।

तालिबान काबुल आइपुगेपछि आइतवार धेरै मानिसले पैसा निकाल्न र यात्रासम्बन्धी कागजपत्र जुटाउन दौडधुप गरेको देखिएको थियो।

 

Your Views
Related News