किंग्सन — वेस्ट इन्डिजले आइतबार पहिलो टेस्टको चौथो दिन पाकिस्तानमाथि एक विकेटको सनसनीपूर्ण जित निकालेको छ । यससँगै वेस्ट इन्डिजले दुई टेस्टको सिरिजमा १–० को अग्रता लिएको छ ।

चौथो दिन बिहान पाकिस्तान २ सय ३ रनमा समेटिएपछि वेस्ट इन्डिजले १ सय ६८ रनको लक्ष्य पाएको थियो । त्यसलाई वेस्ट इन्डिजले नौ विकेट गुमाएर प्राप्त गरेको थियो ।

खेलको अन्त्यमा केमर रोचले नटआउट रहेर ३० रन बनाउँदै टिमको जित निश्चित गरे । उनले अन्तिम विकेटका लागि जेडन सिल्ससँग १७ रनको साझेदारी गरे ।

यसअघि जेरेमी ब्ल्याकउडले ५५ रनको योगदान गरेका थिए । पाकिस्तानलाई सस्तोमा समेट्न सिल्सले नै घातक बलिङ गरे । उनले ५५ रनमा ५ विकेट लिए ।

 

Your Views
Related News